Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024
काठमाडौं १६ कार्तिक ।  प्रहरीले स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त, नागढुंगाको टोलीले रकमसहित नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानीवाग बस्ने ३६ वर्षीय मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको हो ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६४७७ नम्बरको बसमा सवार उनी चेकजाँचको क्रममा शंकास्पद रुपमा भेटिएका थिए । त्यसक्रममा खानतलासी गर्दा उनले शरीरमा लुकाएको अवस्थामा रकम बरामद भएको हो ।
उनलाई प्रहरी निरीक्षक केशवराज भट्टको नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी छ ।

 

तपाईको प्रतिक्रिया