Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

वीरगञ्ज , १७ असार २०७८ । बिगतका वर्षहरुमा जस्तो यस वर्ष युरिया मलको अभाव नहुने कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जले जनाएको छ । सरकार— सरकार बीच भएको रासायनिक मल खरिद गर्ने सम्झौता अनुसार बंगलादेशबाट ४५ हजार मेट्रिकटन युरिया मल नेपाल आईसकेकाले यस वर्ष युरिया मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जका प्रबन्धक गोरखनाथ केसीले बताउनु भयो ।

सरकार— सरकार बीच भएको ५० हजार मेट्रिकटन युरिया मल खरिद गर्ने सम्झौता अनुसार ४५ मेट्रिकटन युरिया मल नेपाल आईपुगेको र पाँच हजार मेट्रिकटन आउनेक्रममा रहेकाले अहिले कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालयहरु बीरगञ्ज, बिराटनगर र भैरहवामा पर्याप्त मात्रामा युरिया मल रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जका प्रबन्धक केसीले दाबी गर्नुभयो ।
५० हजार मेट्रिकटन युरियामल बाहेक बंगलादेशले थप दुई हजार मेट्रिकटन मल दिने भएकाले एक हप्ताभित्र आउनेक्रममा रहेको पाँच हजारमा दुई हजार थपिएर सात हजार मेट्रिकटन युरियामल कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक कार्यालयहरु बीरगञ्ज, बिराटनगर र भैरहवा कार्यालयमा आईपुग्ने उहाँले जनाउनु भयो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जमा अहिले युरिया मल एक हजार सात सय मेट्रिकटन, डिएपी सा सय ६० मेट्रिकटन र पोटास आठ सय २० मेट्रिकटन मौज्दात रहेको उहाँले जानकारी दिनुभयो । पर्सा जिल्लामा सक्रिय रहेका र कार्यालयमा दर्ता रहेका एक सय ३१ सहकारी मार्फत एक सहकारीलाई एक पटकमा १३० बोरा युरिया मलका दरले वितरण गरी सहकारी मार्फत कृषकहरुलाई बिक्रि वितरण गरिएको प्रबन्धक केसीले बताउनु भयो ।
सहकारीहरुले स्थानीय तहले तोकेको मूल्यमा मल बेच्नु पर्ने प्रावधान रहेपनि मल ल्याउदा ढुवानी खर्च बढी लाग्ने, बाटोमा प्रहरीले रकम मांग्ने गरेकाले ढुवानी खर्च धेरै भएको बहानामा कतिपय सहकारीहरुले महङ्गो मुल्यमा मल बेच्ने गरेको आरोप छ ।गोरखापत्र अनलाइनबाट साभार

 

तपाईको प्रतिक्रिया