Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

दमक, १५ कत्तिक झापाको दमक ३ मा फेरी हात्ती छिरेको छ । दमक ३ को प्रगती टोल, बाघखोर र पिपिरेमा २ वटा हात्ती प्रवेस गरेपछि स्थानीयहरुले रातभर हात्ती रुघेर बसेको वडाध्यक्ष नबिन बरालले बताए ।

वडाध्यक्ष बरालका अनुसार केहि दिनयता जंगली हात्तीका कारण वडाबासी धेरै पीडित बनेकाछन् । बुधबार राती हात्ती गाँउपसेपछि स्थानीयहरु रातभर जागै बसेको समेत उनले जनाए ।

स्थानीय किसानको धानबाली खाएर नष्ट गरेको र भौतिक तथा मानवीय क्षति नभएको बरालले जानकारी दिएकाछन् ।

केहि दिनअघि हात्तीले स्थानीय केहिको घर समेत भत्काएको थियो । नजिकै रहेको हम्सेदुम्से सामुदायिक बनको जंगलमा हात्ती बसेकाले स्थानीय हिडडुल गर्न समेत डराउदै आएकाछन् । घाँसदाउरा र हिडडुलमा समस्या भएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया