Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

दाङ, कात्तिक १५ १७ लाख बराबरको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा दाङ प्रहरीले एक जनालाई पक्राउपछि सार्वजनिक गरेको छ।

रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं १ निवासी २१ वर्षीय दलबहादुर पुनले उक्त परिमाणको नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

बिहीवार बिहान जिल्ला प्रहरी कार्यालय घोराहीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एवं एसपी कृष्णहरी शर्माले गत असोज २३ पुनले ती रिचार्ज चोरी गरेको खुल्न आएको बताए।

‘घोराहीबाट नारायणघाटतर्फ लैजाँदै गरेको सत्र लाख बराबरको रिचार्ज कार्ड पुनले सुटुक्क चोरी गरेको स्वीकार गरिसकेका छन एसपी शर्माले भने।

घोराहीस्थित शुभलक्ष्मी नमस्ते डिष्ट्रिब्युट प्रालिले ना ६ ख ९३४५ नम्बरको यात्रुबाहक बसबाट नारायणघाट पठाउँदै गरेको नेपाल टेलिकमको रिचार्ज कार्ड दाङकै भालुबाङ क्षेत्रबाट गायब भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा पुनले नै चोरी गरेको पत्ता लागेको एसपी शर्माले बताए ।

रिचार्ज कार्ड चोरी भएको २१ दिनपछि कात्तिक १३ गते रोल्पाको थवाङका विभिन्न स्थानमा ती रिचार्ज कार्ड विक्री गर्ने गरेको पत्ता लागेपछि पुन पक्राउ परेको एसपी शर्माले जानकारी दिए।

‘रिचार्जकार्ड बसबाट चोरेर लगेपछि उसले प्युठान स्वर्गद्धारी नगरपालिका वडा नं ७ स्थित आफ्नो ससुरालीमा रिचार्ज कार्ड लुकाएको अवस्थामा फेला पर्‍र्यो एसपी शर्माले भने ‘त्यहाँ १६ लाख १० हजार मूल्य बराबरको रिचार्ज कार्ड बरामद भयो र उसले ९० हजार बराबरको रिचार्ज कार्ड विक्री गरिसकेको पाइएको छ ।

शर्माले पक्राउ परेका पुनको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिए।

पुनलाई चोरीसम्बन्धी मुद्दा चलाउनले तयारी भइरहेको एसपी शर्माले बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments