Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडा १४ कात्तिक, । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपबारे छानबिन गर्न समिति गठन भएको छ ।

२ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर कोइरालाको नेतृत्वमा ३ सदस्यीय समिति गठन भएको हो । समितिमा १र१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी निरीक्षक पनि सहभागी छन् ।

घटनाको अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि एक जना डिएसपी सर्लाही पठाएको छ ।

यसअघि मंगलबार बिहान भएको झडपमा अज्ञात व्यक्तिले गोली चलाउँदा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको थियो । उनी कांग्रेस कार्यकर्ता हुन् ।

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु
नेकपा समर्थित कार्यकर्ताले गोली चलाएको हुनसक्ने आशंका गरिएको थियो । घटनामा थप ४ जनालाई भरुवा बन्दुकको छर्राले लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले भने गोली चलाउने व्यक्तिको पहिचान भइसकेको बताउँदै खोजी तीब्र पारिएको जनाएको थियो ।

घटनाको विरोध स्वरुप कांग्रेसले बुधबार मलंवामा विरोध प्रदर्शन गरेको थियो । विरोध कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधि लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया