Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठ्माडौं, २५ जेठ २०७८ । राष्ट्रिय किसान आयोगले कृषि क्षेत्रमा देखिएको समस्या समाधान गरिदिन आग्रह गरेको छ। आयोगले गत बुधबारदेखि आइतबारसम्म कृषि क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरूका विषयमा सरोकारवालाबीच अन्तक्रिया कार्यक्रम सञ्चालन गरेको थियो।

छलफलबाट प्राप्त सुझावहरूलाई प्रभावकारी कार्यान्वयन गर्न आयोगले आग्रह गरेको हो।

कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेसनमा रासायनिक मल मौज्जाद रहेपनि आन्तरिक ढुवानीमा अवरोध श्रृजना भएकाले कृषकलाई मल, बीउको सहज आपूर्ती तथा वितरणमा सम्बन्धित निकायले पहल गरिदिनु पर्ने आयोगले बताएको छ।

दूग्ध उत्पादक किसान, व्यावसायी र दूग्ध उद्योगहरुलाई सहुलियत दरको कर्जा उपलब्ध गराईनु पर्ने आयोगको माग छ।

कुखुराको मासु, अण्डा तथा दाना ‌ओसारपसार गर्न रात्री समयमा मात्र सवारी साधन गुड्न अनुमति भएकोले यस्ता सामाग्री ढुवानी गर्न गन्तब्य तर्फ जाँदा सहज भए पनि फर्कदाँ अवरोध श्रृजना भएको भन्ने गुनासो आएकोले त्यस्ता साधनलाई निर्वाध संचालन हुन दिईनु पर्ने आयोगले बताएको छ।

यो समय आँप र लिचीको उत्पादन समय भएको तर बजारहरु निषेधाज्ञाका कारण बन्द भएकोले प्रतिस्पर्धी बजारको अभाव भएको छ।

त्यसैले फलफूल उत्पादन गर्ने किसानहरु आफ्नो उत्पादन सस्तो मूल्यमा विचौलियालाई बेच्न बाध्य छन् । यस्तो अवस्थामा कृषकको उत्पादनको उचित मूल्यको सुनिश्चितताको लागि नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरुबाट आवश्यक पहल गरिनु पर्ने आयोगले बताएको छ।

कृषि क्षेत्रमा लगानी बृद्धि गर्न २ प्रतिशत ब्याजमा ऋण प्रदान गरिनु पर्ने आयोगको माग छ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments