Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024
पत्रपत्रिकाबाट

काठमाडौं,१४ कात्तिक । नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका उपप्रधान एवं विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले सो विषयको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मंगलबार दुवै मुलुकबीच कृषि तथा खाद्य सुरक्षामा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पेष्ठमा समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया