Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

गौरादह, १६ जेठ २०७८ । झापाको गौरादहमा कोरोना संक्रमित हुनेको संख्या २ सय पुगेको छ । कोरोना संक्रमणको दोस्रो लहरको भेरियन्ट देखिएसँगै आज ७ जना संक्रमित थपिएसगै संक्रमित हुनेको संख्या २ सय पुगेको हो । पीसीआर परिक्षणबाट ४ र एन्टिजेन परिक्षणबाट ३ गरि आज ७ जनामा संक्रमण भेटिएको छ।

संक्रमितहरु गौरादह नगरपालिका-३ का ६ वर्षका १ बालकमा र १ बालिकामा गरि २ जना, वडा नं. ४ का २४ वर्षिय पुरुष र २५ वर्षिया महिला, वडा नं. ७ का ५५ वर्षिय पुरुष र ६१ वर्षिया महिला, वडा नं. ९ का ५० वर्षिय पुरुष रहेका छन् । जसमा महिला ३ र पुरुष ४ रहेका छन् ।

आज ७ जना संत्रमित थप भएसँगै गौरादहमा दोस्रो लहरको भेरियन्ट सँगै संक्रमित हुनेको संख्या २ सय पुगेको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, कोरोना संक्रमण भई निको भएर डिस्चार्ज हुनेको संख्या ४६ पुगेको छ । एकजना संक्रमितको स्वास्थ्यमा पुन समस्या देखिएपछि उहाँको कोभिड अस्पताल दमकमा उपचार भइरहेको स्वास्थ्यका सहसंयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना संक्रमित भई अहिले १ सय २५ जना होम आइसोलेसनमा रहेका छन् । १९ जना हस्पिटलको आइसोलेसनमा रहेका छन् । गौरादह नगरपालिकाको जुरोपानीको आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् । ३५ वडा बेड रहेको आइसोलेसनमा १० वटा अक्सिजन सिलिन्डर रहेको जनाइएको छ । आज ३० जनाको रेपिड एन्टिजेन परिक्षण गरिएको जनाइएको छ । दोस्रो लहरको कोरोनाको संक्रमण देखिएसँगै गौरादहमा कोरोनाका कारण आधिकारिक रुपमा मृत्यु हुनेको संख्या २ महिला र ४ पुरुष गरि ६ पुगेको सहसंयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments