Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरिगञ्ज, १२ कात्तिक । झापाको गौरिगञ्जमा इलाका प्रशासन कार्यालय स्थपना भएदेखि नै कार्यालय प्रमुख रहेर काम गरेका यज्ञप्रसाद आचार्य (पृथ्बी शर्मा) को सरुवा भएकोछ ।

२ बर्ष र ७ महिना (स्थापना कालदेखि)को बसाई पछि आज इलाका प्रशासन कार्यालय गौरिगन्जबाट उनि स-सम्मान बिदाइ भएकाहुन् ।

उनले इलाका प्रशासन कार्यालयलाई आफ्नो भवन निर्माणका लागि जग्गा जुटाउने काम समेत अगुवाइ गरेका थिए । उनी जिल्ला प्रशासन कार्यालय झापामा गएकाछन् । आचार्यको ठाउँमा कार्यलय प्रमुखको जिम्मेवारी समाल्न चुडाराज भट्टराई आएका छन् । आचार्य निजामती सेवामा प्रवेस गरेको ३० बर्ष पुगेको छ । आचार्यको कार्य सम्पादनप्रति स्थानीयले बिदाईको क्षणमा खुलेरै प्रशंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया