Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का, गौरिगञ्ज,१२ कात्तिक । आइतवार राती झापाको गौरिगञ्ज चोकबाट २ वटा पसल चोरी भएको छ । गौरिगञ्ज चोकमा प्रहरी बिटको उत्तरपट्टी रहेका मोवाइल पसल र जुली पान पसल चोरी भएको हो ।

लक्ष्मी ताजपुरियाको लक्ष्मी मोवाइल सेन्टरको पछाडी पट्टीबाट बेरा उक्काएर चोर पसल भित्र छिरेको बताइएको छ । मोवाइल पसलमा रहेका बिभिन्न प्रकारका २ लाख मुल्य बरावरको ५२ थान मोवाइल, ७८ थान मोवाइल व्याट्री, ५ थान मेमोरी कार्ड, ल्याप टप २ थान, १३ सय मुल्य बराबरको रिचार्जकार्ड, वाइफाइ राउटर र नगद ३३ हजार चोरी भएको मोवाइल पसले लक्ष्मी ताजपुरियाले जानकारी गराए ।

सांझमा पसल ताला लगाइ बन्द गरेको र विहान चावी खोलेर पसल भित्र पस्दा सामानहरु जथाभावी छरिएको अवस्थामा देखिए पछि चोरी भएको अनुमान गरेका थिए । त्यसैगरी सोही समयमा मोवाइल पसलको छेउमा रहेको जुली पान पसल पनि चोरी भएको छ ।

जुली पान पसलबाट १५ सय बराबरको रिचार्जकार्ड र अन्य सामाग्रीहरु चोरी भएको जनाइएको छ । चोरी गर्ने व्यक्ती र चोरिएको सामान ससस्त्र प्रहरी बल वेस क्याम्प वैगुन्धुराको गस्ती टोलीले सोमवार विहान ६ः३० वजे पक्राउ गरेको छ । ससस्त्र प्रहरी बेस क्याम्प वैगुन्धुराका प्रमुख हेम वहादुर श्रेष्ठको नेत्रित्वमा खटेको गस्ती टोलीले गौरादह नगरपालिका ८ को जुरोपानी चोकमा मे१ख ४२९१ नम्वरको मुनाल बसलाई चेकजाँच गर्दा चोरी गर्ने व्यक्ति र सामाग्री वरामद गरेको हो ।

खोर्सानीको धुलो हातमा लिएको अवस्थामा फेला परेका चोरी गर्ने व्यक्ति भारतको पस्चिम वंगाल घर भई दमकमा कवाडी पसल गर्दै आएका कृष्ण रोए पक्राउ परेका हुन् ।

ससस्त्र वेस क्याम्प वैगुन्धुराले चोरी गर्ने व्यक्ति र वरामद गरिएको सामान थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय गौरिगञ्ज लाई बुझाएको छ । चोरी गर्ने व्यक्तिलाई अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गौरिगञ्जका प्रमुख टेकेन्द्र पौडेलले जानकारी गराए ।

तपाईको प्रतिक्रिया