Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं,१२ कात्तिक । क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वा्चित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ ।

यसअघि निकालिको डेढ करोडको खर्च अपारदर्शी भएको कोषाध्यक्षको गुनासोकै बीच दशैंमा ५० लाख निकालिएको छ ।

महामन्त्रीले घरमै बोलाएर चेकमा हस्ताक्षर गर्न गरेको आग्रह कोषाध्यक्षले नमानेपछि उनले आफैं हस्ताक्षर गरेर रकम निकालेका छन् । यसरी कोषमा मनपरी गरेपछि कोषाध्यक्ष यादवले पदाधिकारी बैठकमै गुनासो गरेकी छन् ।

कांग्रेसमा खाता सञ्चालनका लागि कोषाध्यक्षसहित महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर चल्छ ।

तपाईको प्रतिक्रिया