Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

युएई, १२ कात्तिक । मदिरा सेवन गरी युएईमा एक नेपाली महिलाले धन्धाधुन्द चक्कु लगाउँदा एकको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् ।

युएईको शारहजा स्थित तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत नुवाकोटकी सोनी भनिने सबिना तामाङ्ले गत शुक्रबार राती मदिरा सेवन गरि धारिलो हतियार चक्कु प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको उपचारको क्रममा मृत्यु भएको हो।

झगडा छट्याउन गएकी सर्लाहीकी ममता चौधरी गम्भीर घाइते भएकी छिन् । उनको शारहजा स्थित अल कासिमिया अस्पतालको आसियुमा उपचार भैरहेको छ। अन्य दुई जना सलिना मगर र आशा दर्जी सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

दशै मनाउने क्रममा टीकाको दिन सोनी तमाङ्सँगै काम गर्ने लक्ष्मी राई र सिर्जना बरालले अपशब्द बोलेको भन्दै सामान्य बिषयमा बिबाद भएको र सोही बिबादले गत शुक्रबार ठूलो रूप लिएको उनीहरू सँगै काम गर्नै साथीहरू बताउँछन्।

मदिरा सेवन गरी सबिनाले दुबै हातमा चक्कु लिई एकतर्फी प्रहार गरेको प्रत्यक्षदर्शी शान्ता राईले बताईन्। तर उक्त दिन लक्ष्मी राई भने दुर्घटना हुनबाट जोगिइन्। चक्कु प्रहार गर्ने सोनी भनिने सबिना तामाङ्लाई स्थानीय प्रहरीले हतियार सहित नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments