काठमाडौं, २९ वैशाख २०७८ । नेपालमा भइरहेको कोभिड-१९ को उच्च जोखिम महामारीलाई सघाउनका लागि विदेशमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर नेपाल पठाउन लागेका छन् ।
प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली संघले जनाएको छ ।
मध्यपूर्वि एसिया मुलुकमा रहेका सवै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोग हुनेगरी सिलिण्डर खरिद सकिएको र आइतबारसम्म नेपाल पठाउने तयरी भइरहेको सघंले जानकारी दिएको हो ।






