गौरादह, २२ वैशाख २०७८ । झापामा आज थप १ सय ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ७९ महिला र ९९ जना पुरुष गरि १ सय ७८ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ४ महिला र ८ पुरुषमा गरि १२ जनामा संक्रमण देखिएसँगै १ सय ९० जनामा संत्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ९ महिला र २३ पुरुष, बिर्तामोडका १९ महिला र २२ पुरुष, गौरादहका २ महिला र ४ पुरुष, मेचिनगरका ५ महिला र ५ पुरुष, भद्रपुरका १९ महिला र १५ पुरुष, कन्काईका ४ महिला र १० पुरुष, हल्दिबारीका १ महिला र १ पुरुषमा, अर्जुनधाराका ४ महिला र ५ पुरुष, बुद्धशान्तिका १ महिला र २ पुरुषमा, कचनकवलका १ महिला र २ पुरुष, कमलका ४ महिला र ५ पुरुष, शिवसताक्षीका २ महिला र १ पुरुष, झापाका २ महिला र ३ पुरुषमा र अन्य ठेगाना नखुलेको ६ महिला र १ जना पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ महिला र २ पुरुष, मेचिनगरका २ पुरुष, झापाका ३ महिला र ४ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ हजार ६ सय पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय ६० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ८ सय ९८ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट १ सय ३८ रहेको छ ।
यस्तै, झापामा कोरोना संक्रमणका कारण मेचिनगर-६ कि ५८ वर्षिया महिला, भद्रपुर-३ का ७० वर्षिय पुरुष, दमक-१ का ५६ वर्षिय पुरुष, दमक-२ का ७९ वर्षिय पुरुष, बिर्तामोड-५ कि ७३ वर्षिया महिला र कन्काई-३ का ४८ वर्षिय पुरुष गरि ६ जनाको मृत्यु भएको जनाइएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ४२ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म ३८ हजार ९ सय ३० जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।






