गौरादह, २१ वैशाख २०७८ । झापामा आज थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ७९ महिला र ९२ जना पुरुष गरि १ सय ६८ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २ महिला र ४ पुरुषमा गरि ६ जनामा संक्रमण देखिएसँगै १ सय ६८ जनामा संत्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरुमा दमकका ४ महिला र १३ पुरुष, बिर्तामोडका १८ महिला र २० पुरुष, गौरादहका ६ महिला र ६ पुरुष, मेचिनगरका ७ महिला र १० पुरुष, भद्रपुरका १७ महिला र २० पुरुष, कन्काईका ३ महिला र ८ पुरुष, हल्दिबारीका ६ पुरुषमा, अर्जुनधाराका ४ महिला र २ पुरुष, बुद्धशान्तिका २महिला र १ पुरुषमा, गौरिगञ्जका १ पुरुष, कमलका ६ महिला र २ पुरुष, शिवसताक्षीका २ महिला र १ पुरुष, बाह्रदशीका १ महिला र १ पुरुषमा र अन्य ठेगाना नखुलेको १ जना पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट अर्जुनधाराका २ महिला र ३ पुरुष, बाह्रदशीका १ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ हजार ४ सय २२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय ४५ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ७ सय ४१ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट १ सय २६ रहेको छ ।
यस्तै, झापामा कोरोना संक्रमणका कारण शिवसताक्षी-८ का ७० वर्षिय पुरुषको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म ३८ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।






