Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, २० वैशाख २०७८ । झापाको गौरादहमा आज एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा ३ महिला र ७ पुरुष रहेका छन् । संक्रमितहरु गौरादह नगरपालिका-१ कि ३७ वर्षिया १ महिला र ४० वर्षका १ पुरुष, वडा नम्बर-२ कि ३० वर्षिया महिला, वडा नम्बर-३ का ५२ र ३० वर्षका २ पुरुष, वडा नम्बर-४ का ४१, ३० र ३३ वर्षका ३ जना पुरुष, वडा नम्बर-५ कि ४७ वर्षिया महिलामा र वडा नम्बर-६ का २६ वर्षिय पुरुषमा गरि १० जनामा संक्रमण भेटिएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ । यो सँगै २०७७ फागुन देखि आज सम्मको कुल नयाँ संक्रमितको संख्या ९ महिला र १३ पुरुष गरि २२ जना रहेको जनाइएको छ ।

यस्तै, आजसम्म कोरोना संक्रमित भई २ जना पुरुष डिस्चार्ज भएका छन् । ९ महिला र ११ पुरुष गरि २० जना सक्रिय संक्रमित रहेको कोभिड-१९ फोकल पर्सन पर्शुराम भट्टराईले जानकारी दिनुभयो । जस अन्तर्गत ९ महिला र ११ पुरुष गरी २० जना हस्पिटल र होम आइसोलेसनमा रहेका छन् । कोभिड-१९ का कारण गौरादहमा आज कसैको मृत्यु नभएको जनाइएको छ ।

यस्तै, २०७७ फागुन देखि आज सम्मको संक्रमितको संख्या हेर्दा गौरादह नगरपालिका-१ का स्थानियबासीहरु बढि संक्रमित भएका छन् । गौरादह-१ मा मात्रै आज सम्म ६ जनामा संक्रमण देखिएको छ । यस्तै गौरादह-५ मा ४ जना, वडा नं. ३ मा ४ जना, वडा नं. ४ मा ३ जना, वडा नं. ७ मा २ जना, वडा नं. २ मा १ जना र वडा नं. ६ मा १ जनामा संक्रमण देखिइसकेको छ । एकजना वडा नम्बर नखुलाइएकी गौरादह नगरपालिका कै संक्रमित महिला काठमाडौं सिभिल हस्पिटलमा उपचाररत हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments