Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

गौरादह–वैगुनधुरा–कोरोबारी सडकमा यातायात अवरुद्ध

गौरादह, ११ कात्तिक । झापाको गौरादह नगरपालिकाको डिपु चोकमा राँके जुलुस सहित आज स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन् । निर्माणधिन धुलाम्मे सडक अलपत्र पारेको बिरोधमा व्यानर, प्लेकार्ड सहित नाराबाजी गर्दै गौरादह बजार पूर्व डिठ्ठा चोकबाट प्रदर्शनमा उत्रिएका स्थानीयले डिपु चोकमा कोण सभा गरेको थिए ।

१९ महिना अगाडि निर्माण सम्झौता भएको गौरादह– बैगुनधुरा– कोरोबारी सडक निर्माण योजना चालु आर्थिक बर्षमा रोकिए पछि स्थानीयहरु आक्रोसित बनेका हुन् ।

प्रदर्शनका क्रममा डिपु चोकमा बालिएको टायर निभाउदै कोण सभाको मायक प्रहरीले नियन्त्रणमा लिन खोजेपछि प्रदर्शनकारी स्थानीय र प्रहरी बीच झडपको स्थिति सिर्जना भएको गौरादह वार्ड नं २ का टोल विकास समितिका अध्यक्ष राजन खनालले बताए ।

शान्तिपूर्ण आन्दोलन नामाकरण गरिएको स्थानीयहरुको स्वतस्फुर्त प्रदर्शनमा पाँचवटा मागहरु अघिसारिएको छ । ब्यानरमा गौरादहदेखि बैगुनधुरा जोड्ने सडक निर्माण कार्य पूरा गर, धुलो रहित वातावरण निर्माण गर, वातावरण प्रदुषण बन्द गर, जनता झुक्याउन बन्द गर, धुलो रहित वातावरणका निम्ति बैकल्पिक मार्ग चालु गर लगाएतका माग उल्लेख छन् । धुलो र प्रदुषणले आक्रोसित स्थानीयले आज दिउँसो नै एक कार्यक्रम गरेर सो सडक खण्डमा अनिश्चित कालिन यातायात अवरुद्ध समेत गरेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

समस्या के हो ?

गौरादह डिपुचोकबाट पूर्व बजार हुँदै किस्ने खोला– सोलमारी–बैगुनधुरा–कोरोबारी तुलाचन जोड्ने ब्यस्त सडक गत बर्षबाट कालो पत्रे गर्न निर्माण सुरु गरिएको थियो । सबबेसको काम तथा होमपाएप कलभर्ट र ढल निर्माणको आंसिक काम सम्पन्न भएको भएता पनि चालु आर्थिक बर्षमा थप निर्माणको काम पूर्ण रुपमा ठप्प छ ।

निर्माण कम्पनी नागार्जुन विष्णु जे.भी. संगको सम्झौताको समय सिमा अनुसार सो सडक निर्माण आउँदो चैत्र महिनामा सम्पन्न हुनु पर्ने छ । ७. ५ किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न गर्न नेपाल सरकारले ५ करोड ७२ लाख ४२ हजार ८ सय रुपयाँ बजेट बिनियोजन समेत गरिसकेको छ ।

सडकमा अत्यधिक धुलो उडेर वातावरण प्रदुशित भएको र धुलो नियन्त्रणको लागि स्थानीय सरकारको पटक पटक ध्यानाकर्षण गराउदा पनि जनप्रतिनिधिहरुले कुनै चासो नदेखाएको प्रति स्थानीय बासिन्दा टंक खनालले गुनासो गरे ।

सडक कालो पत्रे हुने भयो भनेर उत्साही स्थानीयहरुले सडक चौंडा गर्न स्वतस्फुर्त सडक किनाराका रुख विरुवा, घर टहरा भत्काएर सडक निर्माणमा सहयोग पुर्याएका थिए ।

तोकिएको समयमा बाटो निर्माण सम्पन्न गर्न गराउन स्थानीय सरकारका जनप्रतिनिधि समेत मौन रहेर आर्थिक बर्ष सुरु भएको पनि १०० दिन बित्ता पनि निर्माण सुरु नभए पछि सडक उपभोक्तहरु आन्दोलित हुन बाध्य हुनुपरेको गौरादह वार्ड नं १ का टोल विकास समितिका अध्यक्ष देबेन्द्र खड्काले बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments