Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

गौरादह, १९ वैशाख २०७८ । झापाको कमल गाउँपालिकामा आज एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरु ४ महिला र ६ जना पुरुष रहेका छन् । कोभिड-१९ को दोस्रो लहर चलेसँगै कमल गाउँपालिकामा संक्रमित व्यक्तिको सँख्या बढिरहेको अवस्थामा आज एकै पटक १० जनाको पीसीआर पोजेटिभ देखिएको कमल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाले जनाएको छ ।

यो सँगै २०७८ वैशाख १ देखि हाल सम्मको कोरोना भाइरस संक्रमितको संख्या १९ पुगेको छ । यस्तै, कोरोना संक्रमण भई होम आइसोलेसनमा रहनेको संख्या ८ महिला र ९ पुरुष गरि १७ जना रहेको छ । संक्रमित भई नोबेल हस्पिटल विराटनगरको आइसोलेसनमा १ जना पुरुष उपचारार्थ रहेका छन् । कोरोनाका कारण अहिले सम्म १ जनाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments