गौरादह, १९ वैशाख २०७८ । झापामा एकैदिन थप ४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट १४ महिला र २७ जना पुरुष गरि ३८ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट १ महिला र १ पुरुषमा गरि २ जनामा संक्रमण देखिएसँगै ४० जनामा संत्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणबाट संक्रमित भएकाहरु दमकका ६ महिला र १९ पुरुष, मेचिनगरका १ पुरुष, हल्दिबारीका ३ महिलामा, गौरिगञ्ज कि १ महिलामा, कमलका ४ महिला र ३ पुरुष, अन्य १ पुरुषमा संक्रमण पुष्टी भएको छ।
यस्तै, एन्टिजेन परीक्षणबाट भद्रपुरका १ महिला र १ पुरुषमा संक्रमण देखिएको हो । यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ हजार १ सय ११ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय २९ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ सय ४८ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट ६९ रहेको छ ।
यस्तै, झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३४ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म ३८ हजार ३ सय ४९ जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।






