Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

झापा,१९ वैशाख २०७८ । नेपालमा कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दो क्रममा रहेको छ । आज एकैदिन थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्यामा वृद्धि हुँदै गएको हो । जसमा पीसीआर परिक्षणबाट ७ हजार १ सय ३७ र एन्टिजेन परिक्षणबाट ७४ जनामा संक्रमण पुष्टी भएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १ सय ४७ जना र एन्टिजेन परिक्षणबाट ६ सय २३ जना गरि कुल १६ हजार ७ सय ७० जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २५ लाख ४ हजार ४ सय ७६ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख ६३ हजार ९ सय १६ जनाको र निजी बाट ९ लाख ४० हजार ५ सय ६० जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ६७ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ४८ हजार ७ सय ११ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ४५ हजार १ सय ८१ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ५ सय ३० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ४ सय ७७ जना आइसियुमा र १ सय ३१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । यस्तैगरि २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा, सुनसरी, बारा, धनुषा, रौतहट, मकवानपुर, काभ्रेप्लान्चोक, नुवाकोट, धादिंग,गोर्खा, नवलपरासी(पूर्व), बाग्लुंग, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी(पश्चिम), अर्घाखाँची र कंचनपुर रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या २७ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments