Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, १८ वैशाख २०७८ । झापामा एकैदिन थप ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ३७ महिला र ३५ जना पुरुष गरि ७२ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट २ पुरुषमा संक्रमण देखिएसँगै ७४ जनामा संत्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरु बिर्तामोडका ७ महिला र ६ पुरुष, गौरादहका २ महिला र २ पुरुष, मेचिनगरका ४ महिला र ३ पुरुष, भद्रपुरका ११ महिला र १३ पुरुष, कन्काईका ५ महिला र २ पुरुष, हल्दिबारीमा १ महिला र १ पुरुष, अर्जुनधाराका ४ महिला र ४ पुरुष, बुद्धशान्तिका २ महिला र १ पुरुषमा, गौरिगञ्जका १ पुरुष, शिवसताक्षीका १ पुरुष र बाह्रदशीका १ महिलामा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट मेचिनगरमा २ पुरुषमा संक्रमण देखिएको हो। यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ हजार ७३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय २९ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ४ सय १० पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट ६५ रहेको छ ।

यस्तै, झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३४ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म ३८ हजार ३ सय ४१ जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments