Online Bichar
शुक्रबार, जेठ २९, २०८३ | Friday, June 12, 2026

गौरादह, १६ वैशाख २०७८ । झापामा आज एकैदिन थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षणबाट २३ महिला र २७ जना पुरुष गरि ५० जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ३ महिला र ४ पुरुष गरि ७ जनामा संक्रमण देखिएसँगै ५७ जनामा संत्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरु दमकका २ महिला र ४ पुरुष, बिर्तामोडका ६ महिला र १२ पुरुष, मेचिनगरका ५ महिला र ५ पुरुष, भद्रपुरका ४ महिला र १ पुरुष, कन्काईका १ महिला र १ पुरुष, हल्दिबारीमा १ महिला, अर्जुनधाराका २ पुरुष, गौरिगञ्जका ३ महिला र १ पुरुष, शिवसताक्षीका १ महिला, बाह्रदशीका १ पुरुषमा संक्रमण पुष्टी भएको छ ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका २ महिला र १ पुरुष, गौरादह की १ महिलामा, कचनकवलका ३ पुरुषमा संक्रमण देखिएको छ ।
यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ९ सय ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय २७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २ सय ८५ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट ४५ रहेको छ ।

यस्तै, कोरोनाका कारण अर्जुनधारा-६ का ३५ वर्षिय पुरुषको कोशी अस्पतालमा मृत्यु भएको जनाइएको छ । यो सँगै झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३३ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म ३७ हजार ९ जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments