Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

झापा,१६ वैशाख २०७८ । देशभर आज एकैदिन थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परिक्षणबाट ४ हजार ८ सय ३१ र एन्टिजेन परिक्षणबाट ९७ जनामा संक्रमण पुष्टी भएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ८ सय ८८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ५ सय ९७ जना र एन्टिजेन परिक्षणबाट ९ सय ६३ जना गरि कुल १३ हजार ५ सय ६० जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २४ लाख ५८ हजार ५ सय ६५ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख ४५ हजार ९ सय ९६ जनाको र निजी बाट ९ लाख १२ हजार ५ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ५९ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ३४ हजार १ सय १७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ३० हजार ९ सय १६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार २ सय १ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ३ सय ३७ जना आइसियुमा र १ सय ७ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । यस्तैगरि २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा, सुनसरी, बारा, धनुषा, मकवानपुर, काभ्रेप्लान्चोक, पाल्पा, बर्दिया, कपिलवस्तु र कंचनपुर रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या ३५ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments