झापा,१५ वैशाख २०७८ । देशभर आज एकैदिन थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परिक्षणबाट ४ हजार ७ सय ७४ र एन्टिजेन परिक्षणबाट ९ सय ५५ जना गरि ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टी भएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ७ सय ७३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७९ हजार २ सय ७९ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ८ सय ७९ जना र एन्टिजेन परिक्षणबाट ९ सय ५५ जना गरि कुल १४ हजार ८ सय ३४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २४ लाख ४५ हजार ९ सय ६८ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख ३९ हजार ६ सय ६९ जनाको र निजी बाट ९ लाख ६ हजार २ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ५४ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई ३० हजार २ सय ९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा २७ हजार ८ सय ४५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ३ सय ६४ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ३ सय १७ जना आइसियुमा र ९८ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । यस्तैगरि २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा, सुनसरी, बारा, धनुषा, मकवानपुर, काभ्रेप्लान्चोक, पाल्पा, बर्दिया, कपिलवस्तु र कंचनपुर रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या १७ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






