झापा,१४ वैशाख २०७८ । देशभर आज एकैदिन थप ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परिक्षणबाट ४ हजार ३ सय ६४ र एन्टिजेन परिक्षणबाट १ सय ६० जना गरि ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टी भएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको जनाइएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७८ हजार ५ सय ६ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ६ सय ७२ जना र एन्टिजेन परिक्षणबाट १ हजार ९ जना गरि कुल १५ हजार ६ सय ८१ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २४ लाख ३२ हजार ८९ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख ३३ हजार २ सय १० जनाको र निजी बाट ८ लाख ९८ हजार ८ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ५८ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई २६ हजार २ सय २५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा २३ हजार ३ सय ५२ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ८ सय ७३ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ३ सय १५ जना आइसियुमा र ८४ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देही रहेका छन् । यस्तैगरि २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत कंचनपुर र कैलाली रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या १८ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५१ र निजी ३६ गरि ८७ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






