Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

गौैरादह, १४ वैशाख २०७८ । झापाको गौरादहमा आज २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये एकजना जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी रहेको गौरादह नगर स्वास्थ्य शाखा सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न अस्पतालहरुको प्रयोगशालाबाट प्राप्त जानकारी अनुसार १५ वर्षिय एक पुरुषमा र २४ वर्षिया १ महिलामा संक्रमण देखिएको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित हुनेहरु गौरादह-१ र ५ नं. वार्डका स्थानियबासी रहेका छन् ।

यस्तै, २०७७ फागुन देखि आज सम्मको कुल संक्रमितको संख्या २ महिला र ४ पुरुष गरि ६ जना रहेको जनाइएको छ । यस्तै, आजसम्मको कोरोना संक्रमित भई २ जना पुरुष डिस्चार्ज भएका छन् । २ महिला र २ पुरुष गरि ४ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् । कोभिड-१९ का कारण गौरादहमा आज कसैको मृत्यु भएको छैन भने, २०७७ फागुन देखि आज सम्मको पीसीआर परीक्षणको स्वाब संकलन शुन्य रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments