गौरादह, १३ वैशाख २०७८ । झापामा आज थप ३९ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर परिक्षणबाट १४ महिला र २४ जना पुरुष गरि ३८ जनामा र एन्टिजेन परिक्षणबाट १ पुरुषमा गरि ३९ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
संक्रमितहरु दमकका ७ महिला र ८ पुरुषमा, बिर्तामोडका २ महिला र २ पुरुषमा, मेचिनगरका १ महिला र ३ पुरुष ट्राभल हिस्ट्री भारत भएका रहेका छन् । यस्तै, भद्रपुरका २ पुरुषमा, कन्काईका ३ पुरुषमा, अर्जुनधाराका १ महिला र २ पुरुषमा, गौरिगन्जका ३ महिला र ३ पुरुषमा, शिवसताक्षीका १ पुरुषमा र एन्टिजेन परिक्षणबाट मोरङ स्थायी ठेगाना भएका १ जना पुरुषमा संक्रमण देखिएको छ ।
यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ८ सय १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय १९ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ सय ६९ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट २९ रहेको छ ।यस्तै, कोरोनाका कारण आज कसैको मृत्यु नभएपनि झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म ३७ हजार ७ सय २० जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।






