झापा,१३ वैशाख २०७८ । देशभर आज एकैदिन थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परिक्षणबाट ३ हजार ४ सय ४२ र एन्टिजेन परिक्षणबाट १ सय १४ जनाको परीक्षण गरिएको थियो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको जनाइएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ सय ७८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ४ सय जना र एन्टिजेन परिक्षणबाट ८ सय ९३ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २४ लाख १७ हजार ४ सय १७ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख २७ हजार ९९ जनाको र निजी बाट ८ लाख ९० हजार ३ सय १८ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ६५ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई २२ हजार ४ सय ३४ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा २० हजार ५ सय ३५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ८ सय ९९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले २ सय ६८ जना आइसियुमा र ७८ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देही रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या १२ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५० र निजी ३६ गरि ८६ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






