गौरादह, १२ वैशाख २०७८ । झापामा आज थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा ८ महिला र १० जना पुरुष रहेका छन् । उनिहरुको पिसिआर परीक्षण गर्दा संक्रमण देखिएको हो । संक्रमितहरु बिर्तामोडका ४ महिला १ पुरुस रहेका छन् । यस्तै दमकका १ महिला ३ पुरुस, भद्रपुरका १ पुरुष, अजुनधाराका १ महिला २ पुरुस, गौरिगन्जकी १ महिला र झापाका १ महिला ३ पुरुस रहेका छन् । उनिहरु स्थानियबासी रहेका छन् ।
यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ७ सय ८१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।
यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय १८ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १ सय ३२ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट २८ रहेको छ ।यस्तै, कोरोनाका कारण आज कमल ५ की ६० वषीय महिलाको मृत्यु भएको छ। भने, झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।






