Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, ११ वैशाख २०७८ । झापामा आज थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा १ महिला र ६ जना पुरुष रहेका छन् । उनिहरुको पिसिआर परीक्षण गर्दा संक्रमण देखिएको हो । संक्रमितहरु बिर्तामोडका २ पुरुष रहेका छन् । यस्तै भद्रपुरका १ पुरुष, हल्दिवारीका १ पुरुस र शिवसतासीका २ पुरुष रहेका छन् । उनिहरु स्थानियबासी रहेका छन् ।

यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४ हजार ७ सय ६३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय १४ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ११९ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट २८ रहेको छ । कोरोनाका कारण आज कसैको मृत्यु भएको छैन भने, झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३० पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments