गौरादह, ९ वैशाख २०७८ । झापाको गौरादहमा कोरोना विरुद्धको दोस्रो खोप २ सय ३९ जनाले लगाएका छन् । कोरोना विरुद्धको खोप कोभिडशिल्ड दोस्रो खोप लगाउनेको संख्या कुल २ सय ३९ पुगेको गौरादह नगर स्वास्थ्य शाखाले जनाएको छ । जसमा पहिलो दिन ८ गते कोरोना विरुद्धको दोस्रो खोप लगाउनेमा ४१ महिला र ८० पुरुष गरि १ सय २१ जना रहेका छन् ।
यस्तै आज(बिहिबार)खोप लगाउनेको संख्या ५९ महिला ५१ पुरुष गरि १ सय १८ जनाले खोप लगाएका छन् । यस्तै, कोभिडशिल्ड को पहिलो मात्रा खोप माघ महिना र फागुनमा लगाएकाहरुका लागि भोलि १० गते गौरादह स्वास्थ्य चौकीमा गई खोप लगाउन आग्रह गरिएको छ । खोप बिहान १० देखि २ बजे सम्म लगाइनेछ भने, भोलीबाट कोरोना को खोप अर्को सूचना नआउन्जेल सम्मलाई स्थगित गरिने जनाइएको छ ।






