Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

झापा,९ वैशाख २०७८ । देशभर वैशाख लागे यता प्रत्येक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय २८ जनामा संक्रमण पुष्टी भएसँगै कोरोना संक्रमणको दर बढ्दै गएको पाइएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका क्रअनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८९ हजार १ सय ५२ पुगेको जनाइएको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ सय ५२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४ सय ४८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २३ लाख ७९ हजार ४ सय २ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १५ लाख १३ हजार ८ सय ५६ जनाको र निजी बाट ८ लाख ६५ हजार ५ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ८१ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १२ हजार ६ सय ९० जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा ११ हजार ६ सय ७५ जना रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार १५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ सय ७० जना आइसियुमा र ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या ५ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५० र निजी ३६ गरि ८६ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments