गौरादह, ७ वैशाख २०७८ । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकाहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि ५ दिन सम्म दोस्रो डोज खोप लगाउन सुरु गरेको छ ।
माघ १४ गते देखि फागुन १० गते सम्म पहिलो डोज खोप लगाएकाहरूलाई वैशाख ११ गते सम्म दोस्रो डोजको खोप लगाइने छ । यस्तै, झापाको गौरादहमा माघ १४ देखि २४ गते र फागुन ४ गते कोरोना विरुद्धको प्रथम मात्रा कोभिशिल्ड खोप लगाउने स्वास्थ्यकर्मीहरु, सामुदायीक महिला स्वास्थ्य स्वयं सेविका, सुरक्षाकर्मी, वित्तिय संस्थाका कर्मचारीहरु, पत्रकार तथा जनप्रतिनिधिहरु लगायतलाई खोप लगाइने छ ।
खोप यहि वैशाख ८ र ९ गते लगाइने गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । खोप लगाउननका लागि भने गौरादह स्वास्थ्य चौकीमा जानुपर्नेछ । खोप लगाउने समय बिहान १० बजेदेखि ३ बजे सम्म तोकिएको छ ।






