Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

जनकपुर, १० कात्तिक । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा श्रीमानले श्रीमतीको कुटेर हत्या गरेका छन् ।लक्ष्मीनिया गाउँपालिका ४ सपही बस्ने २८ वर्षका संजय यादवले आफ्नी २४ वर्षकी श्रीमतीको हत्या गरेका छन् ।

प्रहरी निरीक्षक अरुण कुशवाहाका अनुसार आफ्नी श्रीमती रुवीलाई कुटेर बेहोस् बनाएर छाडेर डाक्टर बोलाउन गएका संजय पछि डाक्टरले उपचार गरेपछि एकपटक होस् आएको तर केहीबेरमा उहाँको ज्यान गएको बताएको छ ।

शवलाई राति नै पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।छिमेकीहरुका अनुसार रुवीका माइतपक्षले छोरीको छातीमा ढुंगा प्रहार गरी हत्या भएको बताएका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका ७ तरापट्टी बस्ने रामप्रसास ठाकुरकी छोरी रुवीको ६ वर्ष अघि समाजिक परम्परा अनुसार आफ्नै जातमा सर्लाहीको कविलासामा संजय ठाकुर भन्ने केटासँग विवाह भएको थियो ।

तर त्यसको एकवर्ष नबित्दै रुवी भागेर धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीका संजय यादवसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् । त्यसपछि रुवीको माइतसँग सम्बन्ध चिसिएको रुवीका भाइ विनोद ठाकुरले बताएका छन् ।

भाइ विनोदका अनुसार साँझ रुवीको हत्या भएको कुरा छिमेकहरुले बताएपछि थाहा भएको साथै संजय बदमास केटो रहेको र केही दिन अघि रुवीले आफ्नो सुन बेचेर पैसा राखेको कुरा थाहा पाएपछि संजयले पैसा लिन रुवीलाई कुटपिट र यातना दिँदै आएको बताएका छन् ।

तपाईको प्रतिक्रिया