गौरादह, ६ वैशाख २०७८ । गौरादहमा विद्यालयका एक शिक्षकमा कोरोना संक्रमण पुष्टी भएको छ । गौरादह-५ भद्रकाली मा.वि. मा पढाउने शिक्षकमा कोरोना संक्रमण पुष्टी भएको हो ।
ज्वरो आएपछी र कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछी शंका लागेर परीक्षण गराउँदा संक्रमण पुष्टी भएको संक्रमित व्यक्तिले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । संक्रमित व्यक्तिको कन्काईको कोटिहोममा कोरोना परीक्षण गराउँदा आज दिउँसो संक्रमण पुष्टी भएको र अहिले सुरक्षितका साथ होम आइसोलेसनमा बसेको संक्रमित व्यक्तिले जानकारी दिएका छन् ।






