Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024
पत्रपत्रिकाबाट

काठमाडौं, १० कात्तिक । भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ । भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

भूकम्पलगत्तै सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्रा्ष्ट्रिय सम्मेलन’मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले एक खर्ब रुपैयाँ सहयोग घोषणा गरेकी थिइन् । उनले पाँच वर्ष्भित्र सबै रकम उपलब्ध गराइसक्ने प्रतिबद्धता जनाएकी थिइन् ।

त्योमध्ये अहिलेसम्म भारतले दुई प्रतिशत रकम मात्र दिएको छ। अर्थ मन्त्रालयमार्फत गत साउन ११ मा दुई अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । सम्मेलनका वेला विदेशमन्त्री स्वराजले घोषणा गरेकोबाहेक भारतले दिने नियमित सहयोग जारी रहने बताएकी थिइन् । तर सहयोग घोषणामै सीमित भएको छ ।

तपाईको प्रतिक्रिया