Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

झापा,२३ चैत २०७७ । मुलुकभर आज थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ सय २ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ जना पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ५ सय ३६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २२ लाख ८९ हजार ८ सय २४ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म ६४ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ हजार ८ सय ३२ जना बिरामी उपचाररत रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या ४ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments