झापा,२० चैत २०७७ । मुलुकभर आज थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको जनाइएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ सय ११ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ जना पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५ सय ६५ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २२ लाख ७९ हजार १ सय ५ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म ६३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ हजार ६ सय ४७ जना बिरामी उपचाररत रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या शुन्य रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको मन्त्रालयले जनाएको छ ।






