झापा,१३ चैत २०७७ । देशभर आज थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको जनाइएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २२ लाख ५६ हजार ३ सय जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म ५२ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ हजार २ सय ९९ जना बिरामी उपचाररत रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या ४ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनको संख्या ३ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ ।






