Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

झापा ,९ चैत २०७७ । देशभर आज थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ७२ हजार २० जना पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय ७२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २२ लाख ४० हजार ९ सय ९८ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म ५१ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई १ हजार १७ जना बिरामी उपचाररत रहेका छन् ।

यसैबीच, कोभिड(१९ का कारण बितेको २४ घण्टामा नेपालमा मृत्यु हुनेको संख्या ३ रहेको छ भने, हालसम्म कोरोना का कारण मृत्यु हुनको संख्या ३ हजार १९ पुगेकोे मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments