Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, १ चैत २०७७ । नेपालमा मिर्गौला रोगीहरुका लागि डायलासिस र प्रत्यारोपण निःशुल्क छ ।

तर हाल सरकारले हप्तामा तीन पटकसम्म डायलासिस गराउनु पर्ने विरामीलाई भने चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ ।

वीर अस्पतालले भने तीन पटक डायलासिस गराउनु पर्ने विरामीहरुलाई सिफारिस गर्न आनाकानी गरेपछि ३० जना मिर्गौला पीडित मारमा परेका छन् ।

काठमाडौं घर भएका ५६ बर्षिय राजु तुलाधर २५ बर्षदेखि मिर्गौलाको डायलासिस गराउँदै आएका छन् ।

३१ बर्षको उमेरमा नै दुईवटै मिर्गौलाले काम गर्न छाडेको तुलाधरको शरीरका अन्य अगंमासमेत असर देखिएको छ ।

चिकित्सकले उनलाई हप्ताको तीन पटक डायलासिस गराउन सिफारिस गरेका छन् ।

उनको वीर अस्पतालमा डायलासिस भइरहेको थियो ।

तर अस्पतालले चैत्र १ गतेदेखि हप्ताको दुई पटक मात्र डायलासिस गराउने भन्दै सूचना निकाल्यो ।

जसका कारण तुलाधरलाई समस्या परेको छ ।

यस्तै काभ्रेका ४० बर्षिय मयुर तामाङ्ले पनि ८ बर्षदेखि डायलासिस गराउदै आएका छन् ।

वीर अस्पतालमा हप्तामा तीन पटक नै डायलासिस गराउँदै आएका मयुरलाई पनि दुई पटक मात्र निःशुल्क डायलासिस गराउने निर्णयले समस्यामा पारेको छ ।

नर्सिङ् तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५ दोस्रो संशोधन, २०७७ अनुसार मृर्गौला रोगको हेमोडायलासिस हप्ताको २ पटकभन्दा बढी गर्नुपर्ने भएमा चिकित्सकको सिफारिस अनिवार्य समावेश गर्नुपर्ने छ भन्ने व्यवस्थासहितको पत्र सम्पूर्ण अस्पतालमा पठाएको छ ।

२ पटकभन्दा बढी डायलासिस गरिएको आवश्यक काजगजात सफ्टवेयरमा अपलोड गर्न भनेको छ ।

सफ्टवेयरमा अपलोड नगरेमा रकम भुक्तानी नगर्ने सूचनामा उल्लेख छ ।

तर वीर अस्पताले भने हप्ताको तीन पटक डायलासिस गराइरहेका विरामीहरुलाई अब सिफारिस नगर्ने भन्दा मिर्गौला पिडित ३० जना विरामी आन्दोलनमा उत्रिएका छन् ।

अस्पतालको नेफ्रोलोजी विभाग प्रमुख डा। रजनी हाडाले महाशाखाबाट नै हप्ताको २ पटक मात्र डायलासिस गराउनु पर्ने निर्णय आएकाले आफुहरुले सिफारिस रोकेको बताउनु हुन्छ ।

विरामीलाई जीवनभर ३ पटक डायलासिस गराउनु पर्छ भनेर सिफारिस गर्न आफुले नसक्ने भन्दै डा। हाडाले निर्णय गरेपछि महाशाखाबाट रकम आएन भने अस्पताललाई आर्थिक भार पर्ने बताउनुभयो ।

एक व्यक्तिलाई तीन पटक डायलासिस गराउने दिने हो भने नयाँ व्यक्तिले ठाउ नै नपाउने वीर अस्पतालले जनाएको छ ।

वीरमा हाल २५ भन्दा बढी डायलासिस मेसिन छन् ।ईमेजखबरबाट साभार

तपाईको प्रतिक्रिया