Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं , १ चैत २०७७ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ११ महिने बालकको कलेजो प्रत्यारोपण गरिएको छ ।

कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीको बालकको कलेजो प्रत्यारोपण गरेको हो ।

शिक्षण अस्पतालमा पहिलो पटक सबै भन्दा कम उमेरको बालकको कलेजो प्रत्यारोपण भएको हो ।

काभ्रे घर भएका उक्त वालकको ३५ वर्षिय बुबाले कलेजो दान गरेका हुन ।

शिक्षण अस्पतालले हालसम्म ५ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।

प्रत्यारोपणका लागि भारतबाट केही चिकित्सक आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया