Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

काठमाडौँ, २३ फागुन २०७७ । पछिल्लो २४ घण्टामा नेपालमा ६६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आइतबार ५८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको छ ।

मुलुकभर ८ सय २५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २१ लाख ९२ हजार ८ सय ३६ पीसीआर परीक्षण भएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments