Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, ३ कात्तिक । १ हजार दरका नक्कली नेपाली नोट २९ हजार रुपैयाँ सहित शुक्रबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कागेश्वरी मनहरा नगरपालिका- ११ बस्ने २५ वर्षीय शाहिल थापा र सोही ठाउँ बस्ने २९ वर्षीय विकास दोक्चे महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका -७ चाबहिल चोकमा जाँच गर्ने क्रममा बा.४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथमा उक्त नक्कली नोट फेला परेपछि महानगरीय प्रहरी वृत गौशालाको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया