Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २४ असोज । प्राचीन बुद्ध नगरी कपिलवस्तुबाटै निर्वा्चित एक सांसदले गौतमबुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागिता जनाएका छन् । यस्ता देश द्रोही संसदलाई कारबाही किन नगर्ने सरकार ?

अन्तर्रा्ष्ट्रिय समुदायमा बुद्ध जन्मस्थलबारे भ्रामक प्रचार गर्दै आइरहेको भारतले अक्टोबर ८ मा सीमावर्ती सिद्धार्थनगर जिल्लाको पाटनमा आयोजित कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वा्चित संघीय सांसद अभिषेकप्रताप शाह विशिष्ट अतिथि बनेका थिए ।

भारतको उत्तर प्रदेश सरकारले बुद्ध भारतको सिद्धार्थनगरमा जन्मिएको भन्दै आक्रामक प्रचार गरिरहेका बेला नेपालकै सांसद अझ त्यसमाथि पनि कपिलवस्तुकै सांसद कार्यक्रममा गएर भारतको दाबीलाई ठीक बनाइरहेको देखिन्छ । उत्तर प्रदेश सरकारद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ, भाजपा केन्द्रीय सांसद जगदम्बिका पाल तथा नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाह विशिष्ट अतिथि बनेका थिए ।

सांसद शाह आफैले उक्त कार्यक्रममा सहभागी भएको तस्वीरहरु सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन् । भारत बुद्धमा जन्मिएको प्रचारमा नेपाली सांसदको सहभागिताप्रति कपिलवस्तुवासी रुष्ट बनेका छन् । शाहको विवादित हर्कतप्रति कपिलवस्तुवासीले सामाजिक सञ्जालहरुमा आक्रोश पोखेका छन् । “नेपालकै सांसदले बुद्धको जन्मस्थल भारत हो भनेपछि अरु के नै बाँकी रह्यो ? अझ त्यसमाथि पनि कपिलवस्तुकै सांसद”, स्थानीयवासी जनार्दन पाण्डेले भने ।

भारतको उत्तर प्रदेश सरकारले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी हुनेबारे नेपाल सरकार परराष्ट्र मन्त्रालय तथा संघीय संसदमा कुनै जानकारी वा अनुमति लिएका छैनन् । नेपालको कुनै पनि सांसद, मन्त्री वा उच्च पदस्थ व्यक्ति भारत वा तेस्रो मुलुकले आयोजना गरेको कार्यक्रम, सभा, गोष्ठीमा जाँदा अनिवार्य रुपमा यसबारे जानकारी गराउनु वा अनुमति लिनुपर्ने प्रावधान छ । तर शाहले कुटनितिक मर्यादाको उलङ्घन गर्दै आफुखुशी भारत सरकारद्धारा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै आएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
भारतले आयोजित कार्यक्रम स्थलमा विशिष्ट अतिथि भन्दै झुण्डाएको होर्डिङ बोर्ड

“नेपालका सांसद हुन्, उनले देशको प्रतिनिधित्व गर्छन् । सीमानामा देश जोडिएको छ भन्दैमा चिनी किन्न गएझैं कार्यक्रममा जान, कुटनीतिक मर्यादासम्म नजान्ने के को सांसद ?” स्थानीय युवा शिव बन्जाडेले आक्रोश पोखे ।

यता शाहले आफू सिद्धार्थनगर जिल्लाको तुलसीपुर मन्दिर क्षेत्रमा रहेको स्कुलमा मूर्ति अनावरण कार्यक्रममा सहभागी मात्र भएको बताए । “कसले के प्रचार गरेको छ थाहा छैन, मलाई मुख्यमन्त्रीले निम्तो गर्नुभयो । म गएँ, अरु कुरा थाहा छैन” सांसद शाहले भने ।

तपाईको प्रतिक्रिया