Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

सुमन कार्की,गौरादह, २० असोज । गौरादह नगरपालिका वार्ड नं ४ मा भैरहेको दशैं विशेष अन्तर टोल विकास समिति स्तरीय भलिवल प्रतियोगिताको फाइनलमा आयोजक सुनौलो विहानी युवा क्लब र जनजाग्रिती टोल विकास समिति भिड्ने भएका छन् ।

आयोजकका अनुसार भोलि आइतबार दिउसो दुई बजे फाइनल खेल हुने भएको छ । आज भएको सेमि फाइनल खेलमा डोरामारी ख टिमलाई हराउदै आयोजक फाइनलमा पुगेको हो।

त्यस्तै अर्को टिम जनजाग्रिती टोल समिति जोरघरे टोल विकास समितिलाई बेस्टअफ थ्रीको तीन खेलमा पछिल्लो दुई खेल जित्दै फाइनलमा पुगेको हो ।

भिमसेन आधारभुत विद्यालय गौरादह ४ को प्रङ्गणमा भएको सो भलिवल प्रतियोगितामा वार्ड नं ४ भित्रका ६ वटा टोल विकास समिति सहभगि भएका थिए । खेलमा सुनौलो विहानी, किस्तिचौन, डोरामारी क, डोरामारी ख, जनजागृती र जोरघरे टोल विकास समिति सहभागि भएका थिए । खेलको मुख्य एम्पायरिङ पूर्व भलिवल खेलाडी तथा खेल प्रशिक्षक धनबहादुर कट्वालले गरेका थिए ।

आयोजक समितिका अध्यक्ष बिक्रम तिवारीका अनुसार यस भलिवल प्रतियोगिताका विजेता र उपविजेता टिमले क्रमशः नगद रु ७ हजार र ५ हजार सहित मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया