Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २० असोज । झापाको गौरादहमा दशैंको अवसर पारेर अन्तर टोल विकास समिति स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ ।

भिमसेन आधारभुत विद्यालय गौरादह ४ को प्रङ्गणमा सुनौलो विहानी युवा क्लव गौरादहले आजबाट सुरु गरेको भलिवल प्रतियोगितामा वार्ड नं ४ भित्रका ६ वटा टोल विकास समिति सहभगि भएकाछन् । खेलमा विसुनौलो हानी, किस्तिचौन, डोरामारी क, डोरामारी ख, जनजागृती र जोरघरे टोल विकास समिति सहभागि भएका छन् । विहान सम्पन्न प्रथम चरणका खेलबाट आयोजक सुनौलो विहानी र जनजागृती सेमी फाइनलमा प्रवेश गरेका छन् । खेल सुचारु भैरहेको अनलाइन विचारका सम्बाददाता सुमन कार्कीले बताए ।

आयोजकका अनुसार से.मी फाइनल सम्मका खेल आजै सम्पन्न हुने र भोलि आइतबार फाइनल खेल हुनेछन् । विजेता र उपविजेता टिमले क्रमशः नगद रु ७ हजार र ५ हजार सहित मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष विक्रम तिवारीले बताए ।

युवाहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न र अनुशासनको विकास गर्ने उद्देश्यले आयोजना गरिएको भलिवल खेलमा गौरादह नगरपालिका वार्ड नं ४ ले आर्थिक सम्योजन गरेको आयोजक समिति कोषाध्यक्ष अप्सरा लामिछाने ढुंगानाले बताइन् ।

तपाईको प्रतिक्रिया