Online Bichar
आइतबार, फाल्गुण ०४, २०८१ | Sunday, February 16, 2025

मंसिर २५, २०७४ भद्रपुर स् भद्रपुर नगरपालिका १० मा जीपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। सिर्जना टोल बस्ने देवेन्द्र बास्तोलाका छोरा तीन वर्षीय छोरा निदितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जीपको ठक्करबाट गम्भीर घाइते भएका निदितको उपचारको क्रममा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको हो। भद्रपुरको भित्री सडक खण्डमा खेलिरहेका उनलाई मे १ ज १८४२ नम्बरको जीपले ठक्कर दिएको थियो । बालकलाई ठक्कर दिने जीप प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया