Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, ६ असोज । झापाको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औँँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिवार गौरादह उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष वावुराम भण्डारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । खानेपानी संस्थाले आगामी वर्ष सम्ममा सेवाक्षेत्र भित्र पायपलाईन विस्तार गरी नागरिकहरुलाई शुद्ध खानेपानी वितरण गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लेखा संयोजक जुद्धबहादुर विष्टले संस्थाको २ करोड ५ लाख ९४ हजार ७ सय २१ वासलत र आम्दानी तर्पm ८९ लाख ८९ हजार ९ सय ६३ रहेको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष वावुराम भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गौरादह नगरपालिकाका मेयर रोहित कुमार साहले नगरभित्र वसोवास गर्ने नगरवासीहरुलाई शुद्धपानी वितरण गर्ने नगरपालिकाको लक्ष रहेको वताए ।

त्यस अवसरमा संघसंस्थाका तर्पmबाट शुभलक्ष्मी सहकारी संस्थाका उपाध्यक्ष दिलिप भण्डारी, नेपाली कांगे्रसका नगर सभापती यादवराज सेढाई, नेकपाका नगर अध्यक्ष मित्रदेव काप्mले, वार्ड नं. १ का वार्ड अध्यक्ष नगेन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष दुर्गा गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव जीवन कार्कीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया