Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

एजेन्सी, ५असोज । तान्जानियामा डुंगा दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ।

तान्जानियाको भिक्टोरिया तालमा डुंगा डुंगा डुब्दा ४० जनाको ज्यान गएको छ भने २ सय भन्दा बढी व्यक्ति डुबेको आशंका गरिएको छ। एक सयको जीवितै उद्धार गरिएको छ। तीमध्ये ३२ जनाको अवस्था चिन्ताजनक छ। डुंगामा करिब चार सय यात्रु सवार रहेको बताइएको छ।

घटनामा कति व्यक्ति हराए भन्ने बारेमा एकिन भइनसकेको त्यहाँका अधिकारीहरुले जनाएका छन्। एमबी न्येरेरे नामको उक्त डुंगा उकोरा र बगोलोरा द्वीप नजिकै दुर्घटनामा परेको हो। डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको र तिनीहरु एकै दिशामा ढल्कँदा दुर्घटना भएको जनाइएको छ।

सन् १९९६ मा भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा ८ सय व्यक्तिको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments